झापामा निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइने

झापामा निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइने
+
-

झापा- झापामा निजामती सेवा दिवस, २०८२ मनाउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापामा कार्यालय प्रमुखहरूको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। 

सो अवसरमा जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् ।

भाद्र २० गते, शुक्रबार:

बिहान ७:०० बजे: प्रमुख जिल्ला अधिकारीको कार्यालय अगाडि धनुषमोडबाट उत्तरतर्फको चारआलीसम्म सडकमा रोपिएका बिरुवाहरूको गोडमेल गर्ने र खाली स्थानमा वृक्षारोपण गर्ने । यो कार्यक्रम संयोजन गर्ने जिम्मा डिभिजन वन कार्यालयलाई दिइएको छ ।

दिउँसो ३:३० बजे: प्रमुख जिल्ला अधिकारी र ट्रेड युनियन पदाधिकारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिने । यसको संयोजन ट्रेड युनियनहरूले गर्नेछन् ।

भाद्र २२ गते, आइतबार:

बिहान ७:०० बजे: जिल्ला प्रशासन कार्यालयमा भेला भई र्‍याली तथा साइकल र्‍यालीसहित जिल्ला समन्वय समितिमा ७:३० बजे पुगेर सम्पूर्ण कर्मचारीको सहभागितामा संक्षिप्त कार्यक्रम गर्ने ।

साँझ ५:०० बजे: कर्मचारी मिलन केन्द्रमा खगेन्द्र नवजीवन केन्द्र, भद्रपुरलाई सहयोग हस्तान्तरण गर्ने ।

यसबाहेक, कर्मचारी मिलन केन्द्र र ट्रेड युनियनहरूले चाहेमा थप रचनात्मक कार्यक्रम आयोजना गर्न सक्नेछन् । स्थानीय तहहरूमा पनि वृक्षारोपण लगायतका अन्य रचनात्मक कार्यक्रम आयोजना गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?