राखेप वार्षिक उत्सव

वर्ष उत्कृष्ट अवार्ड पुरुष र महिला खो खो टिमलाई, अरु कसले पाए सम्मान?

वर्ष उत्कृष्ट अवार्ड पुरुष र महिला खो खो टिमलाई, अरु कसले पाए सम्मान?
+
-

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका खेलकर्मीलाई सम्मान गरेको छ।

परिषद्‌ले राष्ट्रिय पुरुष तथा महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित सम्मान गरेको छ। खो खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो। पुरुष र महिला टोलीलाई समान १-१ लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरियो। दुवै टिमले भारतमा भएको प्रथम खो खो विश्वकप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत जितेका थिए।

खो खो टिमसँगै जुनियरमा २ र पारामा १ खेलाडी, १० कर्मचारी, १ राष्ट्रिय खेल संघ, १ प्रायोजक, २ पत्रकार र १ स्थानीयलाई सम्मान गरिएको थियो। जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भए।

अर्पिलले थाइल्यान्डमा भएको एसियाली यु–२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यु–१९ मा काँस्य जितेका थिए। त्यस्तै, पूजाले विश्वकप एसियाली छनोटमा २ सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन्। सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन्। नेपाल र मलेसियाबीचको यु–१९ टी– २० विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन्।

पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन्। पलेशाले पेरिस पारालिम्पिकमा ऐतिहासिक काँस्य पदक तथा मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दोमा काँस्य पदक जितेकी थिइन्।

उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल क्रिकेट संघ (क्यान) १ लाख नगदसहित पुरस्कृत भयो। उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेसनल प्रा.लि. र उत्कृष्ट स्थानीय तहमा बागमती गाउँपालिका, मकवानपुरलाई पुरस्कृत गरियो।

त्यस्तै, उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार पुरु तर्फ खेलाडी डट कमका समाचार संयोजक अञ्जन खड्का र महिलामा मेरो खेल डट कमकी लक्ष्मी शाक्य जनही २० हजारसहित सम्मानित भए।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन) तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए। दुवैले जनही २५ हजार नगद पुरस्कार पाए।

उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघ संस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजार नगदसहित सम्मानित भए।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए।

करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका सहायक कराँते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए। परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार नगद प्राप्त गरे।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?