५२ वर्षमा कलेज पढ्दै वडाध्यक्ष खनाल

५२ वर्षमा कलेज पढ्दै वडाध्यक्ष खनाल
+
-

काठमाडौँ– मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा स्नातक (ब्याचलर) तहको पढाइ सुरु भएका छन्।

हेटौंडा उपमहानगरपालिका–१९ स्थित निर्मल बहुमुखी क्याम्पसमा उनी स्नातक तह पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहेका छन्।

जनप्रतिनिधि भइसकेपछि समाजमा उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूको प्रभाव देख्दा आफूलाई पनि त्यस्तै बन्ने चाहना बढ्दै गएको उनी बताउँछन्।

विगतमा विदेश जाने सपना बोकेका खनालले पाँचपटक पासपोर्ट बनाए पनि अवसर जुरेन। उनले बस बेचे, पसल गरे, कुखुरा पालन जस्ता काम पनि गरे। तर ऋणको चक्रव्यूुहबाट भने उम्कन नपाएको वडाध्यक्ष खनाले बताउँछन्।

यद्यपि जीवनका ती सबै चुनौतीहरूले उनी कमजोर भएनन्। वडाध्यक्ष बन्नुअघि खनालको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो। तर २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नै उनी वडा अध्यक्ष भए। अहिले उनको वडाध्यक्ष दोस्रो कार्यकाल हो।

२०७४ सालमा वडाध्यक्ष भइसकेपछि उनी बालजीवन ज्योति विद्यालय, मकरीको अध्यक्ष पनि भए। उक्त विद्यालयमा लगाइएको सप्ताहपूजाबाट संकलन भएको पैसाबाट कक्षा १२ सम्मको पठनपाठन शुरु गराए।

जसले गाउँमै उच्च शिक्षाको ढोका खोलेको छ। अहिले सो विद्यालयको नयाँ भवन निर्माण भइसकेको छ र स्थानीय विद्यार्थीहरूलाई सहज शिक्षाको अवसर प्राप्त भएको छ।

वि.सं. २०५२ मा एसएलसी पास गरेका खनाल २७ वर्षपछि २०७९ मा कक्षा ११ आफैँले १२ कक्षा बनाएको विद्यालयमा पुनः भर्ना भएर २०८१ सालमा कक्षा १२ उत्तिर्ण गर्दै २.६ जीपीए ल्याए।

त्यही आत्मविश्वासले उनलाई अझ उच्च शिक्षा हासिल गर्ने हौसला दियो। अहिले पनि सामाजिक जिम्मेवारीसँगै समय व्यवस्थापन गरेर उनी नियमित रूपमा क्याम्पस पढाइमा सहभागी भइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?