स्वमूल्यांकनमा खार्पुनाथ यस वर्ष पनि पहिलो

स्वमूल्यांकनमा खार्पुनाथ यस वर्ष पनि पहिलो
+
-

हुम्ला – संस्थागत स्वमूल्यांकनमा (लिजा) जिल्लाका सात वटामध्ये खार्पुनाथ गाउँपालिका यस वर्ष पनि पहिलो भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा निर्धारित सूचक पार गर्दै सवै भन्दा बढी अंक ल्याएर खार्पुनाथ गाउँपालिका यस वर्ष पनि पहिलो भएको हो।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा आफ्नो गाउँपालिकाले सबैभन्दा बढी अंक ल्याएर पहिलो भएको खार्पुनाथ गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए।

उक्त गाउँपालिका ८३ प्रतिशत अंक प्राप्त गरेर पहिलो भएको हो। गत वर्ष पनि खार्पुनाथले ९४ दशमलव ४० प्रतिशत अंक प्राप्त गरेर पहिलो भएको थियो। त्यसैगरी ८२ प्रतिशत अंक प्राप्त गरि सिमकोट गाउँपालिका द्वितीय र ८१ प्रतिशत अंक प्राप्त गरि तृतीया भएको छ। मन्त्रालयले सार्वजनिक गरेको लिजाको परिणामअनुसार ताजाँकोटले ७७ प्रतिशत, अदानचुलीले ७५ दशमलव २५ प्रतिशत, सर्केगार्डले ७३ दशमलव ५० र चंखेली गाउँपालिका ६३ प्रतिशत अंक प्राप्त गरेको छ।

यो स्वमूल्यांकन गर्नका लागि शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक वजेट तथा योजना ब्यवस्थापन, वित्तिय एवं आर्थिक ब्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण , बाताबरण संरक्षण तथा बिपद ब्यवस्थापन र सहकार्य र समन्वय गरी दश वटा सूचक निर्धारण गरिएको थियो भने एक सय वटा उपसुचकहरु निर्धारण गरिएका थिए।

गत वर्ष यसको गाउँपालिकाले गरेको स्वमूल्यांकनलाई जिल्ला समन्वय समितिले हेरेको थियो भने यस पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको हो।

यसवर्ष पनि पहिलो भएपछि अव यो साखलाई दिगो रुपमा जोगाई राख्ने चुनौती गाउँपालिकालाई रहेको बताउँदै उनले यो स्थानमा पुर्याउनका लागि जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकवासीलाई उनले धन्यवाद पनि दिए। कर्णाली प्रदेशमा भने खार्पुनाथ गाउँपालिका पाँचौ स्थानमा रहेको छ। लिजामा जिल्ला कै उकृष्ट भए बापत केही अनुदान समेत प्राप्त गर्नेछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’