
काठमाडौं – पेन इन्टरनेशन नेपाल च्याप्टरले शनिबार अध्यात्म र कविता शीर्षकमा कविता गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेकाे छ। भारतका प्रसिद्ध दार्शनिक लेखक प्रोफेसर सेहदेव कुमार नेपाल आएको अवसरमा उनकै प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कवि तथा कवियत्रीहरूले अध्यात्म साहित्य सिर्जनाको अभिन्न अंग भएको चर्चा गर्दै आध्यात्मिक चेतना,प्रकृतिप्रेम र राष्ट्र भक्तिका कविता सुनाएका थिए।
लेखक सहदेव कुमारले अध्यात्ममा अपार शक्ति र आनन्द प्राप्त हुने हुनाले विज्ञानभन्दा माथि अध्यात्म रहने बताए।
अन्य बक्ता साहित्यकार तथा प्राध्यापक कृष्णचन्द्र शर्मा, विधान आचार्य, लिटल एन्जल स्कुलका प्राचार्य मुकुन्दराज शर्मा, पेन नेपालका अध्यक्ष भीष्म उप्रेतीले साधना र सिर्जनाका लागि अध्यात्म अपरिहार्य रहेको बताए।
त्यस्तै, कवि तथा कवियत्री डा. मित्रबन्धु पौडेल, एल बि क्षेत्री, हिरण्यकुमारी पाठक,लालबहादुर भुजेल,निलिमा मास्के,उजाला कपाली,रुप सिंह भण्डारी,डा.राजुबाबु श्रेष्ठ, रजनी ढकाल,गोबिन्द मान सिंह कार्की,कशिराज आचार्य, शिरोमणि दवाडी,कुमार न्यौपाने,द्रोण पराजुली,सफलता पराजुली लगायतले कविता प्रस्तुत गरेका थिए।