
स्पेनिस लालिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडले लगातार तेस्रो खेलमा जित निकालेको छ।
सिजनको सुरुवाती तीन खेलमा जित निकाल्ने क्रममा शनिबार मालार्कालाइ १-० ले पछि परेको अवस्था उल्टाउँदै २-१ को जित निकाल्यो।
खेलमा जितविहीन मालार्काले पाब्लो टोरेको कर्नरमा भेडाट मुरिकीको गोलमार्फत १८ औं मिनेटमा अग्रता लिएको थियो। तर, डीन हुइजेनको पासलाइ आर्डा गुइलरले हेडरमार्फत ३७ औं मिनेटमै रियललाई बराबरीमा फर्काए।
त्यसपछि पनि उत्कृष्ट लयमा देखिएको रियलले अर्को मिनेटमै अग्रता बनायो। भिनिसियस जुनियरले उत्कृष्ट गोद्यमा टिमले महत्वपूर्ण तीन अङ्क हासिल गर्यो। रियलको घरेलु मैदान सान्टियागो बर्नेबेउमा करिब ७३ हजार दर्शक माझ जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
खेलमा म्याड्रिडका थप तीन गोलहरू रद्द भएका थिए। जसमा किलियन एमबाप्पेका दुई गोल अफसाइडका कारण रद्द भए भने गुलरको एक गोल ह्यान्डबलका कारण अमान्य घोषित भएको थियो।
त्यस्तै अन्य खेलमा एट्लेटिको म्याड्रिड आल्भेससँग १-१ गोलको बराबरीमा रोकिदा रियल ओभिडोले रियल सोसिडाडलाई १-० ले हरायो। त्यस्तै सेभियाले जिरोनालाइई २-१ ले पराजित गरेको थियो।