मालती मंगलेको शुभसाइत, तनहुँमा छायांकन हुँदै

मालती मंगलेको शुभसाइत, तनहुँमा छायांकन हुँदै
+
-

पोखरा- नेपाली फिल्म मालती मंगलेको तनहुँमा शुभसाइत गरेर छायांकनको सुरुवात गरिएको छ । तनहुँको प्रसिद्ध ढोरवराही मन्दिरमा शुभसाइत गरेर छायंकनको सुरुआत गरिएको हो ।

शुभसाइतसँगै शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले फिल्म युनिटलाई स्वागतसमेत गरेको छ । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’ शुक्लागण्डकी नगरपालिका- ११ राइपुरस्थित खोलाखेत, घिमिरेगाउँसँगै तनहुँ र स्याङजाको सिमानामा पर्ने कोल्मा लगायतको स्थानमा छायांकन हुनेछ ।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक राजुले फिल्म युनिटलाई स्वागत गर्दै पर्यटन प्रबद्र्धनका लागि भूमिका खेल्न आग्रह गरे । पर्यटन प्रवद्धनसँगै अर्थतन्त्रलाईसमेत टेवा पुग्नेमा उनको विश्वास छ ।

फिल्मका निर्माता रामकृष्ण ढकालले संघर्ष गर्ने प्रेमिल जोडीको कथामा फिल्म बनाउन लागेको बताए । फिल्मले सामाजिक सन्देश बोकेको उनको भनाइ छ । ‘हाँस्य पनि छ । सामाजिक सन्देश छ । समग्रमा सुन्दर प्रेमकथा हो’, फिल्मबारे उनले भने ।

प्रकु पाण्डेले निर्देशन गर्ने फिल्ममा विजय बराल र वर्षा राउतसँगै मेक्सम गौडेल, शकु शाह, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, सागर भट्टराईको अभिनय रहेको छ ।

संयोग गुरुगाईंको पटकथा र संवाद रहेको फिल्मको सहनिर्माता विन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईं र ईश्वर बजगाईं छन् ।

रानी म्युजिक प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माण हुँदैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?