
सिमकोट – हिमाली जिल्ला हुम्लाका सबै गाउँपालिकाहरुले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्। संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक साथ पाँच वटा गाउँपालिकाका लागि अधिकृत खटाउने कार्य गरेपछि अब निमित्तको ब्यवस्था अन्त्य भएको हो।
बिहीबार निमित्तका भरमा गाउँपालिकाको कार्यालय सञ्चाालन हुँदै आएका हुम्लाका पाँच वटा गाउँँपालिकामा सिमकोटमा किशान श्रेष्ठ, खार्पुनाथमा श्रीशम्शेर रानामगर, सर्केगार्डमा दलबहादुर चन्द, चङ्खेलीमा देबीप्रसाद पौड्याल र अुदानचुलीमा दिपक पौडेललाई मन्त्रालयले खटाएको छ। यसअघि यी पाँँच वटै गाउँँपालिकामा निमित्त प्रशासकीय अधिकृतले काम गर्दै आएको थिए।
डेढ महिना अगाडि ताँजाकोट गाउँपालिकामा नरबहादुर रावत र नाम्खा गाउँपालिकामा नन्दकृष्ण पाध्यायलई खटाई सकेको थियो। हुम्ला जिल्लाका सवै गाउँपालिका निमित्त प्रशासकीय अधिकृतबाट मुक्त भएको जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए। संङ्घीयता लागू भई स्थानीय तह गठन भएयता हुम्लाका अधिकांश गाउँपालिका निमित्त प्रशासकीय अधिकृतका भरमा सञ्चालन हुँदै आएका थिए। पहिलो पटक सातै गाउँपालिकाले एकसाथ अधिकृत पाएको हो।