महाकाली नमुना माविमा प्राविधिक पढाइ सञ्चालन

महाकाली नमुना माविमा प्राविधिक पढाइ सञ्चालन
+
-

मुगु –  जिल्लाको जेठो शैक्षिक संस्था महाकाली नमुना माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषयको पढाइ औपचारिक रूपमा सुरु भएको छ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले प्राबिधिक धारअन्तर्गत सिभिल ईन्जिनियरिङ् कक्षा ९ को पढाइ उद्घाटन गरेका हुन्।

२०११ सालमा स्थापित यस विद्यालयमा चारै पालिकाबाट आएका ८३३ विद्यार्थी अध्ययनरत छन्। यसै शैक्षिक सत्रदेखि सुरु गरिएको प्राविधिक धारमा कक्षा ९ का ५५ विद्यार्थीले सिभिल इन्जिनियरिङ रोजेका छन्।

कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको हो। नगरपालिकाले प्राविधिक शिक्षाका लागि हाल रु। ३३ लाख बजेट व्यवस्थापन गरेकोे नगर प्रमुख बिष्णुकुमार भामले जानकारी  दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले जिल्लाकै पहिलो विद्यालयमा प्राविधिक धार सुरु हुनु ऐतिहासिक उपलब्धि भएको बताए ।

त्यसैगरी, कर्णाली प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री मंगलबहादुर शाहीले गरिब र पिछडिएका बालबालिकाका लागि यस विद्यालयलाई आवासीय विद्यालय आबश्यक रहेको धारणा व्यक्त गरे। कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मञ्जनबहादुर कार्की, छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार, भाम प्रधानाध्यापक खड्गबहादुर रोकायालगायत सहभागी थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बहादुर मल्लले प्राविधिक धारलाई प्रभावकारी बनाउन आवश्यक शिक्षक, प्रयोगशाला सामग्री र पूर्वाधार विस्तारका लागि स्थानीय तह र समुदायसँग सहकार्य गरिने जानकारी दिए। उनका अनुसार विद्यार्थीलाई व्यवहारिक अभ्याससँगै भविष्यमा रोजगारी सिर्जना हुने दालका शिक्षा दिने तयारी भइरहेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’