इंग्लिस प्रिमियर लिगः तेस्रो खेलमा सिटीको दोस्रो हार

इंग्लिस प्रिमियर लिगः तेस्रो खेलमा सिटीको दोस्रो हार
+
-

इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदार म्यानचेस्टर सिटीको जारी सिजन सुरुवातबाटै खराब लयले निरन्तरता पाएको छ। आइतबार राति सम्पन्न खेलमा सिटी सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राइटनसँग २–१ ले स्तब्ध बन्यो। सिटीको यो लगातार दोस्रो हार हो।

ब्राइटनको जितमा ब्राजन गुरडाले अन्तिम समयमा गोल गर्दै टोलीलाइ सिजनको पहिलो प्रिमियर लिग जित दिलाएका छन्। उनले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

जर्मन आक्रामक मिडफिल्डर गुरडाले जेम्स ट्राफोर्डलाई छक्याएर गोल गरेका हुन्। यसअघि ट्राफोर्डले जान पोल भान हेकेको बलियो प्रहारलाई शानदार रूपमा रोक्दै खेलमा सिटीलाई बचाएका थिए।

खेलको पहिलो हाफमा भने अर्लिङ हालान्डले गोल गर्दै पेप गार्डियोलाको टोलीलाई अग्रता दिलाएका थिए। हालान्डले आफ्नो १००औं प्रिमियर लिग खेलमा ८८औं गोल गरेका हुन्।

तर दोस्रो हाफको ६७ औं मिनेटमा म्याथ्युज नुनेसले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि जेम्स मिल्नरले २०१९ पछि पहिलो पटक प्रिमियर लिगमा गोल गरे। ३९ वर्ष २३९ दिनको उमेरमा उनले गोल गर्दै दोस्रो सबैभन्दा पाको गोल स्कोरर बने।

अन्त्यतिर गुरडाको विजयी गोलपछि सिटी स्तब्ध रह्यो। स्पर्ससँग अघिल्लो हप्ता पनि पराजित सिटीले खेलको सुरुवाती एक घण्टा हावी भए पनि अवसरलाई सदुपयोग गर्न सकेन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?