
हुम्ला – हुम्लामा जिल्लास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ। बडादशँै तथाा दीपाावली २०८२ को अवसरमा सो प्रतियोगिता हुन लागेको हो।
हाई अल्टिच्युट इन्डो स्पोर्टको आयोजनामा जिल्लास्तरीय फुटसल प्रतियोगिता हुन लागेको सञ्चालक बुद्धी रोकायाले जानकारी दिए।
जिल्लामा लामो समय खेलकुद गतिविधि सञ्चालन हुन नसकिरहेका बेला जिल्लास्तरीय फुटसल प्रतियोगिता हुन लागेको हो। सेभेन ए साइट सो प्रतियोगिता असोज १ गतेबाट सञ्चालन हुनेछ।
दश जना खेलाडीको टिम निर्माण गरेर आगामी भदौ ३१ गतेसम्म टिम दर्ता गर्न सकिनेछ। प्रतियोगिताका बिजेता टिमले पचास हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन भने द्वितीया हुने टिमले तीस हजार नगद र मेडल प्राप्त गर्नेछन्।