अफगानिस्तानमा भूकम्प: कम्तिमा २० को मृत्यु, ११५ भन्दा बढी घाइते

अफगानिस्तानमा भूकम्प: कम्तिमा २० को मृत्यु, ११५ भन्दा बढी घाइते
+
-

अफगानिस्तानमा आइतबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मानविय तथा ठूलो भौतीक क्षति भएको छ।

बीबीसीका अनुसार यस घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्। घाइतेलाई नांगरहार र कुनार प्रान्तका अस्पतालमा उपचार भइरहेको छ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनमुनि करिब १६० किलोमिटर गहिराइमा थियो। यसका धक्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो। नेपाली समय अनुसार राति १:०२ बजे यो भूकम्प रेकर्ड भएको हो।

पहिलो झट्कापछि निरन्तर पराकम्प (आफ्टरशक) हरु आएको बताइएको छ। तीमध्ये ४.७, ४.३ र ५.० म्याग्निच्युडका झट्का अनुभव गरिएका थिए।
अफगानिस्तानमा २०२३ मा ४ हजार जनाको मृत्यु
७ अक्टोबर २०२३ मा अफगानिस्तानमा गएको विनाशकारी भूकम्पमा तालिबान सरकारले ४ हजार जनाको मृत्यु भएको दाबी गरेको थियो। तर संयुक्त राष्ट्रसंघले भने १,५०० जनाको मृत्यु मात्र पुष्टि गरेको थियो।

अफगानिस्तानमा विगतदेखि नै शक्तिशाली भूकम्प आउँदै आएका छन्। विशेषगरी हिन्दुकुश पर्वतशृंखला भूकम्पका हिसाबले अत्यन्त सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउने गर्दछ।

अफगानिस्तान भारत र युरेसियन टेक्टोनिक प्लेट्सको बीचमा पर्ने भएकाले यो क्षेत्र संवेदनशील मानिन्छ। यही प्लेट्समा हलचल हुँदा हेरातसम्म फैलिएको फोल्ट लाइनमार्फत ठूलो भूकम्प आउने गर्द छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?