वार्षिक समीक्षासँगै नवौँ जिल्ला सभाको निचोडः वित्तीय अनुशासनमा जोड

वार्षिक समीक्षासँगै नवौँ जिल्ला सभाको निचोडः वित्तीय अनुशासनमा जोड
+
-

मुगु – मुगु जिल्ला समन्वय समितिका संयोजक मञ्जनबहादुर कार्कीको अध्यक्षतामा नवौँ जिल्ला सभा सम्पन्न भएको छ। जिल्लास्थित चारै पालिका—छायाँनाथ रारा, मुगुम कार्मारोङ, खत्याड र सोरू—का प्रमुख, उपप्रमुख, प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, बिषयगत कार्यालयका प्रमुख, जनप्रतिनिधि, नागरिक अगुवा, सञ्चारकर्मी र सचेत नागरिकको उपस्थितिमा भएको सभामा ०८१/८२ को वार्षिक प्रगतिको समीक्षा गरिएको थियो।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार जिल्लाभित्रका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, खानेपानी, पर्यटन लगायतका क्षेत्रमा गत वर्षको तुलनामा उल्लेख्य प्रगति हासिल भए पनि अझै धेरै सुधारको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ। विभिन्न कार्यालयका प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रगत उपलब्धि र कमजोरीबारे प्रस्तुत गर्दै आगामी वर्षलाई अझै परिणाममुखी बनाउन प्रतिबद्धता जनाएका थिए।

समीक्षाका क्रममा सहभागी सञ्चारकर्मी, नागरिक अगुवा तथा सचेत नागरिकले जिल्लामा भइरहेका विकास निर्माण कार्यमा पारदर्शिता नदेखिनु, ढिलासुस्ती हुनु, बजेट खर्चमा अनियमितता देखिनु र कतिपय ठाउँमा भ्रष्टाचारको आशंका बढ्नु जस्ता गम्भीर सवाल उठाए। उनीहरूले विकास कार्यमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता, समयमै योजना कार्यान्वयन र गुणस्तरीय काम सुनिश्चित गर्न जोड दिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’