अस्तव्यस्त चिदिचौर खेलमैदान

अस्तव्यस्त चिदिचौर खेलमैदान
+
-

तम्घास (गुल्मी) – तम्घासको फोर्टिन स्टार युवा क्लब चिदिचौर खेलमैदान समयमै सम्पन्न नुहँदा यस वर्ष खेल प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योलमा छ। दसैँ तिहारमा उक्त क्लबले यही खेलमैदानमा विभिन्न प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएको छ। तर उक्त मैदान पुनःनिर्माणको काम ६ महिनादेखि अधुरै छ।

“खेलमैदान निर्माण सम्पन्न नहुँदा खेल प्रतियोगिता सञ्चालन गर्न अन्योल भएको छ”, क्लबका अध्यक्ष नारायण आचार्यले भने, “मैदान खनेर छोड्दा समस्या भएको छ।”

सदरमुकाम तम्घासको केन्द्रमा रहेको खेलमैदानमा उक्त क्लबले छात्र फुटबल, जिल्ला भलिबल सङ्घले पालिकास्तरीय भलिबल, पुल्चोक क्लबले छात्रा फुटबल, खुकुरी युवा क्लबले क्रिकेटलगायतका प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छन्। त्यसभन्दा बाहेक विभिन्न मेला, महोत्सव, उत्सव, गाईजात्रा, तीज गीतलगायतका कार्यक्रम पनि यही खेलमैदानमा हुने गर्दछन्।

वर्षभरीमा विभिन्न प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने चिदिचौर मैदान पुनःनिर्माणका कारण बन्द छ। क्लबका अध्यक्ष आचार्यले खेलमैदान खनेर अलपत्र छोड्दा समस्या भएको बताए।

“खनेर यत्तिकै छोडिएको छ, यसले सिङ्गो खेल क्षेत्रलाई असर परेको छ। खेल मैदानलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो। चिदिचौर खेलमैदान निर्माणको काम बहुबर्षीय आयोजनाअन्तर्गत लैजानु गलत भएको उनले बताए।

जिल्लामा चिदिचौर मैदान खेलाडी उत्पादनमा सहयोगी बनेको थियो। तम्घासमा अष्टमीको दिन रोपाईजात्रासँगै लाचे नाच पनि चिदिचौरमै हुने गर्दछ। तर यस वर्ष यस्ता सांस्कृतिक कार्यक्रम हुने सम्भावना छैन।

रेसुङ्गा नगरपालिका–२ की सरस्वती कँडेलले भन्नुभयो, “चिदिचौर खनेर छोड्न हुन्नथ्यो। यसलाई चाँडो निर्माण गर्नुपर्छ।”

निर्माण व्यवसायीले काम नगर्दा चिदिचौर मैदान खनेर अस्तव्यस्त पारिएको छ। मैदानको बीचमा ढुङ्गा, गिट्टी, पाइपलगायतका निर्माण सामग्री राखिएका छन्। मैदानको बीच भागबाट पानी बगिरहेको छ। मैदानमा खाल्डाखुल्डी पारेर यत्तिकै छोडिएको छ।

चिदिचौर खेल मैदान पुनःनिर्माणका लागि रु एक करोड लागत रहेको छ। विसं २०८२ वैशाखमा सो कार्यको जिम्मा रामेछाप कन्स्ट्रक्सनले पाएको थियो। विसं २०८३ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता छ। हालसम्म ५० प्रतिशत काम काम सकिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?