डिजिटल एप ‘YAHA CHHA’ को शुभारम्भ: सेवाग्राही र सेवाप्रदायकबीचको पुल

डिजिटल एप ‘YAHA CHHA’ को शुभारम्भ: सेवाग्राही र सेवाप्रदायकबीचको पुल
+
-

झापा- झापाको बिर्तामोडमा ‘YAHA CHHA’ नामक नयाँ डिजिटल एपको शुभारम्भ भएको छ।

यो एपले सेवाग्राही र सेवाप्रदायकलाई एकै ठाउँमा ल्याउने पुलको काम गर्नेछ। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले एक कार्यक्रमबीच यो एपको उद्घाटन गरेकी हुन्।

रुट्देभ्स सफ्टवेयर डेभेलपमेन्ट प्रालिले निर्माण गरेको यो एपले मानिसहरूलाई घरमै बसेर विभिन्न सेवाहरू लिन सहज बनाउनेछ। कम्पनीका अनुसार, यो एपले दक्ष विशेषज्ञहरूलाई काममा लगाउन र सुरक्षित रूपमा भुक्तानी पाउन मद्दत गर्नेछ।

बिर्तामोडकी नगरप्रमुख प्रसाईंले हरेक सीपको कदर गर्दै नेपालमै डिजिटल व्यापारको सम्भावनालाई यो एपले उजागर गर्ने बताइन्। यो एप प्रयोग गर्न सेवाग्राहीले कुनै शुल्क तिर्नु पर्दैन। सेवाप्रदायकले भने आफ्नो भुक्तानी खल्तीमार्फत सुरक्षित रूपमा पाउनेछन्।

डिजिटल सेवाका लागि सेवाग्राहीले भोग्नुपर्ने झन्झट र सेवाप्रदायकले भुक्तानी नपाउने जोखिमलाई कम गर्न यो एप ल्याइएको कम्पनीले जनाएको छ।

यो एपको कार्यालय झापाको अर्जुनधारा-११ मा रहेको छ र कम्पनीले नेपालमा पहिलो पटक यस्तो प्रकारको डिजिटल एप निर्माण गरेको दाबी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?