रेल चढेर चीन यात्रामा निस्किए किम

रेल चढेर चीन यात्रामा निस्किए किम
+
-

उत्तरी कोरियाका नेता किम जोङ उन बहुप्रतिक्षीत चीनको सैन्य परेडमा भाग लीन उत्तर कोरियाबाट रेल चढेर बेइजीङ तर्फ प्रस्थान गरेका छन्। विश्व स्तरिय नेताहरुको सहभागितामा चीनले ‘भिक्ट्रि परेड’ बुधबार आयोजना गर्दै छ।

किमले चीनका राष्ट्रपति सी जिनफिङ, रुसका राष्ट्रपतिभ्लादिमिर पुटिन लगायतका विश्व स्तरिय नेताहरूसँग भेटघाट गर्ने छन्। यसलाई उनको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक मानिएको छ। किमले सोमबार साँझ प्योङयाङबाट प्रस्थान गर्दा उनी आफ्नो विशेष र सुरक्षीत रेलमार्फत चीनतर्फ प्रस्थान गरेका हुन्।

उक्त रेलमा उच्च स्तरको रेष्टुरेन्ट डब्बा समेत रहेको बताइन्छ, जसमा उत्कृष्ट फ्रान्सेली मदिरा र ताजा झिंगे माछाका परिकारहरु तयार गरिने जनाइएको छ।

रेलको कडा सुरक्षा व्यवस्थाका कारण यसको गति सुस्त हुन्छ र किमको यात्रा करिब २४ घण्टासम्म लाग्ने अनुमान गरिएको छ, दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले दिएको जानकारी अनुसार किमको सहभागिता सन् १९५९ पछि पहिलो पटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा भाग लिने घटनाका रुपमा दर्ज हुने छ।

उनी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तथा म्यानमार, इरान र क्युबा लगायतका २६ राष्ट्रका राष्ट्रध्यक्षहरूको बीचमा हुने छन्। यसअघि सन् २०१५ मा चीनमा भएको विजय दिवस परेडमा उत्तर कोरियाले शीर्ष अधिकारी चोए रयोंग–हेलाई मात्र पठाएको थियो। यस पटक भने किम आफैं सहभागी हुनु चिनियाँ परेडका लागि उच्चतम महत्वका रुपमा लिएको छ।

एकान्तप्रिय किम प्रायः विदेश यात्रा नगर्ने नेतामा पर्छन्। हालसालै विश्व नेताहरूसँग उनको सम्पर्क केवल पुटिनसँग सीमित भएको छ, जससँग उनले रुसको युक्रेन आक्रमणपछि दुई पटक भेट गरेका छन्।

किमले चीनको राजधानी बेइजिङलाई अन्तिम पटक सन् २०१९ मा भ्रमण गरेका थिए, जब दुवै देशबीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाइएको थियो। त्यो यात्रा पनि रेलमार्फत गरिएको थियो। रेलमार्फत यात्रा गर्ने परम्परा किमका हजुरबुबा किम इल सुङ्ले सुरु गरेका थिए, जसले भियतनाम र पूर्वी युरोपसम्म आफ्ना रेल यात्रा गरेका थिए।

उनका पिता किम जोङ इल पनि उडानको डरले रेलमार्फत मात्र यात्रा गर्ने गरेको बताइन्छ। दक्षिण कोरियाली एक समाचार माध्यमका अनुसार किमको कवचयुक्त रेलमा करिब ९० वटा डब्बा छन्, जसमा सम्मेलन हल, भेटघाट कक्ष तथा शयनकक्ष समेत रहेका छन्।

दसौं हजारौं सैनिकहरू परेडको दिन बेइजिङको ऐतिहासिक तियानआनमेन चौक हुँदै आकर्षक तालमेलमा मार्च गर्ने छन्। यस परेडले दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पण र त्यससँगै युद्धको अन्त्य भएको ८० औं वार्षिकोत्सवलाई स्मरण गरिने छ।

७० मिनेट लामो परेडमा चीनको नयाँतम सैन्य शक्ति देखाइने अनुमान गरिएको छ। यसमा सयौं विमान, ट्याङ्क तथा एन्टी(ड्रोन प्रणालीहरू प्रदर्शन गरिनेछन्। यो नै पहिलो पटक चीनको नयाँ सैन्य संरचना पूर्ण रूपमा परेडमार्फत प्रस्तुत गरिँदैछ।

पश्चिमी देशका धेरै नेताहरू भने यस परेडमा सहभागी नहुने सम्भावना छ। यसको कारण, उनीहरूको रुसको युक्रेन आक्रमणप्रति विरोध र पुटिनको शासनमाथि लगाइएका प्रतिबन्धहरूसँग सम्बन्धित छ। तर, परेडमा इन्डोनेशिया, मलेसिया, म्यानमार र भियतनामका नेताहरू सहभागी हुनेछन्, जसले चीनले आफ्नो छिमेकी दक्षिणपूर्वी एशियाली मुलुकहरूसँग सम्बन्ध अझ बलियो बनाउन गरिरहेको प्रयासलाई देखाउँछ।

युरोपेली संघ (इयू) बाट भने केवल एकमात्र नेता, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको सहभागी हुनेछन्। बुल्गेरिया र हङ्गेरीले पनि आफ्नो प्रतिनिधि पठाउने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?