कर्णालीमा पानीको बहाब बढ्दा नदी किनारका बस्ती जोखिममा

कर्णालीमा पानीको बहाब बढ्दा नदी किनारका बस्ती जोखिममा
+
-

हुम्ला – लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाब बढेपछि छेउछाउका बस्ती जोखिममा परेका छन्।

हुम्लाको सर्केगार्ड बजारका नदी किनारका बस्ती जोखिममा देखिएको स्थानीय देवकी मल्लले बताइन्। आफ्नो घरको सात मिटर परसम्म पानीको बहाब बढेर आएकोले जोखिम बढेको उनले बताइन्।

नदी किनारमा तटबन्धन निर्माण गरिएको भए पनि पानीको सतह उक्त तटबन्धनसम्मै पुगेको छ। जसका कारण १० वटा घर जोखिममा रहेको उनले बताइन्।

त्यस्तै, सलीसल्लाका व्यापारी प्रकाश शाहीले यस वर्ष नदीको बहाव धेरै बढेकोले सलीसल्लाको बजार क्षेत्र पनि जोखिममा रहेको बताए। उक्त स्थानमा १० वटा पसल छन्।

खार्पुनाथ गाउँपालिका– ४ को नल्लतर्फको खार्पु बजार पनि जोखिममा रहेको स्थानीय रत्नबहादुर शाहीले बताए।

सर्केगार्ड–४ कै न्यासीका दुई वटा साना होटेल पनि नदीको बहावले जोखिममा छन्। नदीमा पानीको बहाव दैनिक वृद्धि भइरहेकोले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासन आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?