दार्चुलाको तिङ्करमा टेलिफोन सेवा अवरुद्ध

दार्चुलाको तिङ्करमा टेलिफोन सेवा अवरुद्ध
+
-

दार्चुला – चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिङ्करमा तीन सातादेखि सञ्चार विच्छेद भएको छ। गत साउन २८ गते आएको बाढीपछि तिङ्कर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो।

तिङ्कर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो। तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा बन्द भएको हो। फोन सेवा नहुँदा समस्या भएको स्थानीय आस्तिक तिङ्करीले बताए। गाउँमा भिसेट फोन पनि छ। तर निरन्तरको वर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको उनले बताए।

व्यास गाउँपालिका–१ को तिङ्करमा ७० परिवारको बसोबास छ। यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ) सरेका थिए। व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने, ‘गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ।’ यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन्।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले तिङ्करको टावरमा जडान भएको सफ्टवेयरमै समस्या भएको हुनसक्ने बताए। ‘सेवा सञ्चालन नभएकाबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएका छौँ। समस्या समाधानको प्रयास भइरहेको छ,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?