नयाँ फिचरसहित शाओमीले सार्वजनिक गर्‍यो रेडमी १५ र रेडमी १५सी

नयाँ फिचरसहित शाओमीले सार्वजनिक गर्‍यो रेडमी १५ र रेडमी १५सी
+
-

काठमाडौँ – शाओमीले दुई नयाँ आकर्षक मोडल– रेडमी १५ र रेडमी १५सी नेपालमा सार्वजनिक गरेको छ।

रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ। यसमा ७ हजार एमएएच क्षमताको विशाल ब्याट्री छ।

यसमा रहेको ३३ वाट फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८ वाट रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

यसको ६.९ इन्चको एफएचडी+ डिस्प्ले रहेको र १४४ हर्ज रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ। टीयुभी राइनल्यान्ड ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, आईपी६४ सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ।

फोटोग्राफीका लागि ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यस फोनमा स्न्यापड्रागन ६८५ चिप, हाइपरओएस २, गुगल जेमिनी र २ टेराबाइटसम्मको स्टोरेज सुविधा दिइएको छ।

रेडमी १५सी आफ्नो ७.९९ मिलिमिटर स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ। यसमा ६००० एमएएच क्षमताको ब्याट्री, ३३ वाट फास्ट चार्जिङ, १० वाट रिभर्स चार्जिङ सुविधा र २ वर्षको वारेन्टी उपलब्ध छ।

यसमा ६.९ इञ्चको एचडी+ डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, मेडियाटेक हेलियो जी८१–अल्ट्रा प्रोसेसर, ५० मेगापिक्सेल एआई डुअल क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र १ टेराबाइटसम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा रहेको छ। साथै, हाइपरओएस २, गुगल एआईका ‘सर्कल टु सर्च’ तथा ‘जेमिनी’ जस्ता स्मार्ट फिचर र आईपी६४ सुरक्षा सुविधा पनि उपलब्ध छन्।

शाओमीले रेडमी १५ लाई स्यान्डी पर्पल, टाइटन ग्रे र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध गराएको छ भने रेडमी १५सी मिडनाइट ब्ल्याक, मूनलाइट ब्लु र मिण्ट ग्रिन रंगमा उपलब्ध हुनेछ।

रेडमी १५ को ६ जीबी + १२८ जीबी भेरियन्ट रु. १८,९९९ र ८ जीबी + २५६ जीबी भेरियन्ट रु. २१,९९९ मा पाइनेछ ।

यस्तै, रेडमी १५सी को ४ जीबी + १२८ जीबी भेरियन्ट रु. १४,९९९, ६ जीबी + १२८ जीबी भेरियन्ट रु. १६,४९९ र ८ जीबी + २५६ जीबी भेरियन्ट रु. १८,९९९ मा उपलब्ध हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?