
हुम्ला – एक वर्षको अवधिमा नयाँ नौ वटा झोलुंगे पुल निर्मण भएर सञ्चालनमा आएका छन्। ६ वटा गाउँपालिकामा पर्ने खोला तथा कर्णाली नदी माथि ती झोलुंगे पुल निर्माण भएर सञ्चालमा आएका हुन्।
पुर्वाधार विकास कार्यालयका सवईन्जिनीयर झुलबहादुर शाहीका अनुसार चारदेखि नौ महिनाको अवधिमा आर्थिक वर्ष ०८१।०८२ मा नौ वटा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएको छन। निर्माण भएर सञ्चालनमा आएका झोलुंगे पुलहरुमा चार वटा स्नोल्याण्ड एकीकृत विकास केन्द्र र हिमालयन कन्जरभेसनको समन्वययमा निर्माण गरिएका हुन्।
सबइन्जिनियर शाहीका अनुसार यसरी निर्माण गरिएका झोलुंगे र ट्रस ब्रीजहरुमा नाम्खा गाउँपालिका– २ को छोसाङमा ३२ मिटर लम्वाईमा ट्रस ब्रीज, सिमकोट गाउँपालिका– १ को तल्लो ठाँडो साँघु ६८ मिटर लामो झोलुंगे पुल, खार्पुनाथ गाउँपालिका– ४ को ३२ मिटर लामो नल्ना खोला ट्रस ब्रीज, खार्पुनाथ गाउँपालिका– १ र २ को ९५ मिटर लम्बाईएको लिगे झोलुंगे पुल रहेका छन्।
त्यसैगरी नयाँँँँ निर्माण भएर प्रयोगमाा आएका झोलुंगे पुल तथा ट्रस ब्रीजमा सर्केगार्ड गाउँपालिका– २ को ६२ मिटर लम्बाईको जुम्ली गुम्ब झोलुंगे पुल, सर्केगार्ड गाउँपालिका– ५ र ७ को ३२ मिटर लामो भ्यूपार्न ट्रस ब्रीज, अदानचुली गाउँपालिका– ३ को ३२ मिटर लामो पानी घट्ट ट्रस ब्रीज र ताँजाकोट गाउँपलिका– २ र ४ को १०२ मिटर लम्बाई रहेको हुङ्गार खोला झोलुंगे पुल रहेका छन। यी पुल निर्माण गर्न चालीस लाख ६८ हजार ७३८ रुपैयाँदेखि ९९ लाख ८७ हजार ७८८ रुपैयाँसम्म लागत लागेको छ।
यी स्थानमा झोलुंगे पुल निर्माण भएपछि दुई वटा तुईन बिस्थापित भएको र बाँकीमा खोला तर्न सहज भएको खार्पुनाथ गाउँपालिका– २ का स्थानीय खड्क रावलले बताए। झोलुंगे पुल निर्माण भएपछि तीन घण्टासम्म बाटो पनि छोटिएको बताउदै उनले पैदल यात्रा समेत सहज भएको बताए।