वीरगन्जमा हैजा र झाडापखालाको प्रकोप मत्थर हुँदै, अधिकांश बिरामी घर फर्किए

वीरगन्जमा हैजा र झाडापखालाको प्रकोप मत्थर हुँदै, अधिकांश बिरामी घर फर्किए
+
-

वीरगन्ज- वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रणमा आउँदैछ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार, उपचारपछि घर फर्किने बिरामीको संख्या बढ्दै गएको छ, जसले गर्दा अस्पतालहरूमा बिरामीको चाप कम भएको छ।

मंगलबार बेलुकासम्म झाडापखालाका ९३४ बिरामी अस्पताल भर्ना भएकामा ८६२ जना पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन्। हाल ७२ जनाको मात्र उपचार भइरहेको छ।

यसैगरी, हैजा पुष्टि भएका १९३ जना बिरामीमध्ये १८२ जना उपचारपछि घर फर्किएका छन् भने ११ जना अझै उपचाररत छन्।

गत साउन २८ गतेदेखि फाटफुट रूपमा देखा परेको झाडापखालाले गत हप्ता महामारीको रूप लिएको थियो।

तर, स्वास्थ्यकर्मीको अथक प्रयासका कारण स्थिति नियन्त्रणमा आएको हो।

यद्यपि, वीरगन्जमा हैजा फैलिएको स्रोत भने अझै पत्ता लाग्न सकेको छैन। स्वास्थ्यकर्मीहरूले यसको अनुसन्धान गरिरहेका छन्।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’