लिस्बनमा नेपथ्यको कन्सर्ट: आँसु, प्रेरणा र घरको सम्झना

लिस्बनमा नेपथ्यको कन्सर्ट: आँसु, प्रेरणा र घरको सम्झना
+
-

लिस्बन- पोर्चुगलको राजधानी लिस्बनमा भएको नेपथ्यको कन्सर्टले दर्शकहरूलाई भावुक बनायो। अवसरको खोजीमा युरोप पुगेका नेपालीहरूले कन्सर्टमा घर र देश सम्झेर आँसु बगाए।

कन्सर्टका आयोजक विकास गुरुङका अनुसार, नाफा र नोक्सानभन्दा पनि दर्शकको खुसी र आँसुको मूल्य धेरै थियो। अनुमान गरेभन्दा ठूलो संख्यामा दर्शक उपस्थित थिए।

छ वर्षदेखि लिस्बनमा टुकटुक हाँक्ने मनीष रायमाझी जस्ता धेरै नेपालीका लागि नेपथ्य मनोरञ्जनभन्दा बढी प्रेरणाको स्रोत बनेको छ। नेपथ्यको ‘शिरफूल शिरैमा’ गीत सुनेपछि उनले गीतमा उल्लेख भएको ठाउँको पदयात्रा नै गरेका थिए।

‘लिस्बोआ अओ भिभो’ हलमा आइतबार बेलुकी ढोका खुल्नेबित्तिकै दर्शकको उत्साह बढ्यो। गायक अमृत गुरुङ र ब्यान्डका सदस्यहरू मञ्चमा चढ्दा ‘नेपथ्य, नेपथ्य’ भन्ने नारा गुञ्जियो। कन्सर्टको सुरुवात ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट भयो, जसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दिए।

भाषा र संगीतको सम्बन्ध

कन्सर्टमा अमृत गुरुङले नेपालीहरूलाई जहाँ गए पनि आफ्नो भाषाको महत्त्वलाई नभुल्न र यसलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न अनुरोध गरे। दर्शकहरूले नेपथ्यको ३३ वर्ष पुरानो गीत ‘आँगनैभरि’ देखि हालसालै सार्वजनिक भएको ‘कर्नालीका छाइला’ सम्मका गीतमा उत्तिकै रमाइलो माने। ‘जोगले हुन्छ भेट’ जस्ता गीतमा त दर्शकहरूले गायकसँगै गाएका थिए।

कन्सर्टको प्रभाव र दर्शकहरूको कथा

दावा शेर्पा बेल्जियमबाट विशेषगरी नेपथ्यको कन्सर्ट हेर्न आएका थिए। उनले नेपथ्यको प्रस्तुति सोचेभन्दा धेरै रमाइलो र ऊर्जावान् पाएको बताए। पोर्चुगलका सफल रेस्टुराँ व्यवसायी सेफ टंक सापकोटा ले आफ्ना परिवार र कर्मचारीहरूका लागि ७५ वटा टिकट किनेर कन्सर्ट हेर्न आएका थिए। ‘जीवनमा एकपटक अनुभव गर्नैपर्ने यस्तो कार्यक्रमबाट कोही वञ्चित नहोस्’ भन्ने उनको चाहना थियो।

अमृत गुरुङले सधैँझैँ विदेशमा रहेका नेपालीहरूलाई बिदामा नेपाल गएर पदयात्रा गर्न पनि आह्वान गरे।

अबको यात्रा बेल्जियमतर्फ

नेपथ्यको १४ सदस्यीय टोली पोर्चुगलको कन्सर्टपछि अब बेल्जियमको एन्थ्रोपेन पुगेको छ। उनीहरूको अर्को प्रस्तुति सेप्टेम्बर ३ (बुधबार) बेलुकी ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’ मा हुनेछ। यस कन्सर्टसँगै लन्डनको वेम्बली एरिनाबाट सुरु भएको नेपथ्यको एक महिने युरोप यात्राको अन्त्य हुनेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?