चिनियाँ पक्षले गर्‍यो हिल्साको सडकमा ‘रिजिट पेभमेन्ट’

चिनियाँ पक्षले गर्‍यो हिल्साको सडकमा ‘रिजिट पेभमेन्ट’
+
-

हुम्ला – चिनियाँ पक्षले दुई देशको सिमाना हिल्सामा नेपालतर्फको सडकमा ‘रिजिट पेभमेन्ट’ गरेको छ। यसअघि गत मंसिरमा दुई देश जोड्ने मितेरी पुल चिनियाँ पक्षले निर्माण गरिसकेको र अब सम्झौताअनुसार नेपालतर्फको सडकमा रिजिट पेभमेन्ट गरिएको हो।

हिल्सामा नेपालतर्फको सडकलाई रिजिट पेभमेन्ट सम्पन्न गरेको अनुगमन तथा समन्वय गर्ने जिम्मा पाएको हिल्सा–सिमकोट सडक योजनाले जनाएको हो।
चिनियाँ पक्षले हिल्साको कर्णाली नदीमाथि दुई देश जोड्ने पक्की पुल यसअघि नै निर्माण गरिसकेको थियो। दुई देशबीच भएको सम्झौताअनुसार पक्की पुल निर्माण गरिसकेपछि चिनियाँँ पक्षले नेपालतर्फको पुलको अन्तिम बिन्दुबाट साढे तीन सय मिटर सडक निर्माण गरेर उक्त काम गर्नुपर्ने उल्लेख भएअनुसार सो सडकको पेभमेन्ट गरिएको होे।

आठ मिटर चौडा सडक पेभमेन्ट गरिएको छ। पेभमेन्ट मापदण्डअनुसार सुरु गरी सम्पन्न भएको हो। पेभमेन्टका लागि आवश्यक उपकरण र निर्माण सामग्रीसमेत सबै निर्माण स्थलमा चिनियाँ पक्षले ल्याएको थियो। सो सडक पेभमेन्ट यसअघि नै हुनुपर्ने भए पनि संरचनामा क्षति पुग्ने भएपछि पहिलेको लोकेशन परिवर्तन गर्नेतर्फ पहल गरिएको र कुरा नमिल्दा सम्झौतामा उल्लेख भएकै स्थानबाट सडक पेभमेन्ट गर्ने गरी काम अगाडि बढेको हो।

हिउँदमा चिसोको कारण पेभमेन्ट गर्न कठिन हुने र समस्या आउने भएपछि काम अगाडि नबढेको होे। सडकको पेभमेन्ट गर्ने कार्य नभएकै कारण हिल्सामा निर्माण गरिएको पक्की पुलसमेत सञ्चालनमा आउन सकेको छैन। सडक पेभमेन्ट भएपछि अब पुलसमेत सुचारु हुनेछ।

यसअघि जिल्लाका आधा दर्जन छोटा सडकमा ढलान गरिए पनि पेभमेन्ट सडक गरिएको यो पहिलो भएको चिनियाँ प्राविधिक टोलीले बताएको छ। हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर सडक पनि चिनियाँ पक्षले तीन वर्षमा स्तरोन्नति र कालोपत्रे गर्ने सम्झौता भएअनुसार चिनियाँ प्राविधिक टोली हिल्सा हुँदै सिमकोटसम्म सडकको विस्तृत सर्भे गरेर फर्किसकेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’