चीनमा पुटिन र किमबीच साढे २ घण्टा बैठक, के भयो कुराकानी?

चीनमा पुटिन र किमबीच साढे २ घण्टा बैठक, के भयो कुराकानी?
+
-

दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको ८०औँ वर्षगाँठको अवसरमा चीनले आयोजना गरेको विशाल सैन्य परेडको पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ।

यो भेटले विश्वको ध्यान तानेको छ, यो अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ, पुटिन र किम पहिलो पटक सार्वजनिक रूपमा एकै ठाउँमा देखिए। जसलाई अमेरिका नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिने एक नयाँ शक्तिकेन्द्रको उदयको रूपमा हेरिएको छ।

पुटिन र किमबीच साढे दुई घण्टा बैठक

परेडकै अवसरमा भएको करिब साढे दुई घण्टा लामो बैठकमा राष्ट्रपति पुटिनले किम जोङ–उनलाई रुस भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। पुटिनले युक्रेनमा रुसी सेनासँगै लडिरहेका उत्तर कोरियाली सैनिकहरूको बहादुरीको प्रशंसा गर्दै दुई देशबीचको सैन्य सहकार्यलाई थप बलियो बनाउने संकेत दिए।

प्रत्युत्तरमा, नेता किमले निकट भविष्यमै अर्को भेट हुनेमा विश्वास व्यक्त गरे। उनले आफ्नो देशले रुसप्रतिको ुभाइचारा कर्तव्यु कहिल्यै नभुल्ने र आवश्यक सबै सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

चीनको शक्ति प्रदर्शन र सीको शान्तिको सन्देश

एकातिर रुस र उत्तर कोरिया आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउँदै थिए भने, अर्कोतिर आयोजक चीन आफ्नो अत्याधुनिक सैन्य क्षमता प्रदर्शन गरिरहेको थियो। परेडमा लेजर हतियार, परमाणु क्षमतायुक्त ब्यालिस्टिक मिसाइल र विशाल पानीमुनि चल्ने ड्रोनहरू जस्ता हतियारहरू प्रदर्शन गरियो, जसले विश्वलाई चीनको सैन्य सामर्थ्यको स्पष्ट सन्देश दियो।

यद्यपि, सैन्य शक्तिको यो प्रदर्शनपछि विदेशी नेताका लागि आयोजित दिवाभोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले भने विश्वका सबै देशलाई ‘शान्तिको महत्त्व बुझ्न र सहकार्य गर्न’ आग्रह गरे।

अमेरिकाको प्रतिक्रिया र क्रेमलिनको खण्डन

यो ऐतिहासिक जमघटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शंकाको दृष्टिले हेरे। परेडमा अनुपस्थित रहेका ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्ममा यी तीन नेताले अमेरिकाविरुद्ध ‘षड्यन्त्र’ गरिरहेको आरोप लगाए।

यद्यपि, रुसी राष्ट्रपति कार्यालयले क्रेमलिनले तत्कालै यस आरोपको खण्डन गरेको थियो। यो परेड र नेताहरूको भेटघाटले केवल एउटा समारोहको मात्र प्रतिनिधित्व मात्र नगर्ने र यसले अमेरिका र पश्चिमा देशको नेतृत्वमा रहेको विश्व व्यवस्थाको एक शक्तिशाली विकल्प खडा भएको सन्देश दिएको छ। बेइजिङमा देखिएको यो दृश्यले आगामी दिनमा विश्व राजनीतिले नयाँ मोड लिनसक्ने आकलन विश्लेषकले गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?