
काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसनबीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र मेडिकल एसोसिएसनतर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको छ।
यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यलाई विभिन्न सेवामा विशेष छुट प्रदान गरिएको छ। सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको २७५ वटा शाखा (https://www.nimb.com.np/personal-banking/branches मार्फत प्रोफेशनल बचत खाता खोली दश लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।
यो सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका सदस्यहरूले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएकाे छ।