भायानेटले गायक सुशान्त केसीलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै 

भायानेटले गायक सुशान्त केसीलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै 
+
-

काठमाडाैँ – लोकप्रिय इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘Internet for Dreamers’ को सुरुवात गरेको छ।

यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ।

सुशान्त केसीको यात्रा इन्टरनेटबाटै सुरु भएको थियो। आफ्ना गीतहरू अनलाइनमै राखेर चर्चित बनेका केसी आज नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार बनेका छन्। भायानेटले सुशान्तकै जस्तै सपना देख्ने अन्य युवाहरूलाई साथ दिने उद्देश्यले यो अभियान ल्याएको हो।

‘Internet for Dreamers’ अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, र अनुभव आदानप्रदान गर्ने गतिविधिहरू मार्फत अगाडि बढाइनेछ।

यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई भायानेटसँगै ठूला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरि ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

भायानेटले सुशान्त केसीसँगको सहकार्यलाई गौरवको रूपमा लिएको उल्लेख गरेको छ। केसीको सङ्गीतप्रतिको समर्पण, दृढता र लगावले नेपाली युवापुस्तामा ऊर्जा र आत्मविश्वास भरेको कम्पनीको भनाइ छ।

भायानेट कम्युनिकेशन लिमिटेड नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक हो। कम्पनीले उच्च-गति, भरपर्दो र गुणस्तरीय फाइबर इन्टरनेट सेवा प्रदान गर्दै उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। नवीनतम प्रविधिको प्रयोग र निरन्तर सेवा सुधारमार्फत डिजिटल नेपाल निर्माणमा भायानेटको उल्लेखनीय योगदान रहँदै आएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’