काठमाडौँ- नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले हालै आफ्नो फेसबुकमा स्टाटस लेख्दै नेपालको राजनीतिक अवस्थाबारे गम्भीर प्रश्न उठाएकी छन्।
उनले लेखेकी छन्, “नेताका कुरा लिएर समाजमा जाँउ, समाजले पत्याउन्नन् । समाज र जनहरुका कुरा लिएर जाँउ नेताहरुले पत्याउन्नन् । कस्तो अप्ठ्यारोमा परियो हो ।”
तिम्सेनाको यो स्टाटसले नेता र जनताबीचको सम्बन्धमा आएको गहिरो खाडललाई प्रस्टसँग देखाएको छ।
उषाकिरण तिम्सेना आफैं पनि पार्टीभित्र आफ्ना फरक विचार राखेर चर्चामा आएकी नेतृ हुन्।
यसअघि भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउनका लागि चन्दा लिएको विषयमा उनले पार्टीको आलोचना गरेकी थिइन्।
त्यसपछि उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बनसमेत गरिएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































