राज्य व्यवस्थामा ‘गडबडी गरेका’ खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउँदै कांग्रेस

राज्य व्यवस्थामा ‘गडबडी गरेका’ खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउँदै कांग्रेस
+
-

काठमाडौँ– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको गडबडीको नैतिक जिम्मेवारी लिएर सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडालाई फेरि कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी गरेको छ।

राज्य व्यवस्था समितिमा निजामति विधेयकको कुलिङ अफ पिरियडमा भएको छलछामपछि खतिवडाले सभापति पदबाट साउन २८ गते राजीनामा दिएका थिए।

उनको राजीनामापछि कांग्रेसले सुशासन समितिकी सभापति ईश्वरी देवी न्यौपानेलाई राजीनामा गर्न लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाएको थियो। न्यौपानेको राजीनामापछि संसदीय सुनुवाइ समिति खाली छ।

अहिले कांग्रेसले फेरि नैतिकरुपमा गडबडीको जिम्मेवारी लिँदै राजीनामा दिएका खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउने तयारी गरेको हो।

सभापतिका उम्मेदवारीका लागि आज (बिहीबार) कार्यतालिका सार्वजनिक हुँदैछ। शुक्रबार खतिवडा सुशासन समितिको सभापति बन्ने पक्का भइसकेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’