काठमाडौँ– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खुसी देखिएको छैन।
रास्वपाका सांसद आशोककुमार चौधरीले बिहीबार संसद्मा बोल्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाए।
उनले ९० प्रतिशत नागरिक जोडिएको सामाजिक सञ्जाल बन्द गर्ने भन्दा पनि नियमन गर्नुपर्ने बताए।
सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गर्नका दिएको आदेशको पालना कुटनीतिक वार्तामार्फत गर्नुपर्ने उनको भनाइ छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































