ट्रम्पको डिनर पार्टीमा बोलाइएनन् मस्क, जुकर्वर्ग, गेट्सलगायत उद्योगपति सहभागी

ट्रम्पको डिनर पार्टीमा बोलाइएनन् मस्क, जुकर्वर्ग, गेट्सलगायत उद्योगपति सहभागी
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसको रोज गार्डेनमा टेक व्यवसायीहरूका लागि डिनर पाटीको आयोजना गर्दैछन्।

स्थानीय समय अनुसार बिहीबार राति आयोजना हुने यो पार्टीलाइ ट्रम्प र टेक उद्योगपतिबीचको सम्बन्ध सुधारको रुपमा हेरिएको छ। पार्टी आयोजना हुने ‘रोज गार्डेन’लाई हालै पुनः निर्माणसहित सजाइएको छ र त्यसपछि हुन लागेको यो पहिलो ठूलो कार्यक्रम हो।

व्हाइट हाउसका एक अधिकारीका अनुसार, यस डिनरमा गुगलका सीइओ सुन्दर पिचाई, मेटाका सीइओ मार्क जुकरबर्ग तथा एप्पलका सिइओ टम कुक लगायतका ठूला उद्योगपति सहभागी हुनेछन्। तर, टेस्लाका सीइओ एलन मस्कलाई भने यो पार्टीमा निम्ता दिइएको छैन। यद्यपी मस्कले भने निम्तो आएको तर आफू नजाने बताएका थिए।

केही महिना अघि सम्म मस्क ट्रम्पका सल्लाहकार रहेका थिए, तर अहिले उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ। यो डिनरमा जारेड इसाकम्यान पनि हुने छन् जो मस्क नजिकका सहयोगी मानिन्छन्। उनलाई ट्रम्पले स्पेस एजेन्सी नासाको नेतृत्वका लागि रोजेका थिए। तर, जब मस्क र ट्रम्पबीच दूरी बढ्यो, इसाकम्यानको नाम रद्द गरिएको थियो।

यो कार्यक्रम व्हाइट हाउसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) शिक्षासम्बन्धी नयाँ टास्क फोर्सको बैठकपछि आयोजना हुने भएको छ। यस टास्क फोर्सको उद्देश्य अमेरिकी युवाहरूका लागि एआइ शिक्षा विकास गर्नु हो। कार्यक्रममा मेलानिया ट्रम्पले अध्यक्षता गर्ने छिन्।

मेलानियाले भनिन्, ‘एआइ अझै प्रारम्भिक चरणमा छ, त्यसैले यसलाई बच्चासँग जस्तै व्यवहार गर्नुपर्छ। यसलाई सतर्कता अपनाएर जिम्मेवार बनाउनु पर्छ।’ उनले थपिन्, ‘हामी एउटा विशेष समयमा बाँचिरहेका छौँ। यस भविष्यका लागि बालबालिकालाई तयार पार्नु हाम्रो जिम्मेवारी हो।’

ट्रम्पले धेरैपटक निरीक्षण गरेको रोज गार्डेन

यो डिनर अचानक तय गरिएको जनाइएको छ। ह्वाइट हाउसको यो डिनर हुने स्थानलाइ ‘रोज गार्डेन क्लब’ नाम दिएको छ। व्हाइट हाउसका प्रवक्ता डेभिस इङ्गलले यसलाई केवल राजधानी वासिङ्टनमै नभई विश्वकै आकर्षक स्थानमध्ये एक भएको बताए।

इङ्गलका अनुसार, राष्ट्रपति ट्रम्प चाहन्थे कि रोज गार्डेनको भव्य उद्घाटन कुनै सुन्दर दिनमा होस्। त्यसका लागि गार्डेनमा ठूला परिवर्तनहरू गरिएका छन्। घाँस हटाएर त्यसको सट्टा ढुंगाहरू बिछ्याइएको छ, जसले गर्दा यो ठाउँ फ्लोरिडाको मार-ए-लागो रिसोर्टको आँगनजस्तै देखिन्छ।

यस कामको स्वयं राष्ट्रपति ट्रम्पले धेरैपटक निरीक्षण गरे र मजदुरहरूसँग प्रत्यक्ष भेटघाट पनि गरेका थिए। एकपटक त उनले मजदुरहरूलाई ओभल अफिसमै बोलाएर फोटो खिचाएका थिए। ट्रम्पले भने, रोज गार्डेन बनाउन संसारकै सबैभन्दा सुन्दर संगमरमर र ढुंगाको प्रयोग गरिएको छ।

ट्रम्प र टेक कम्पनीबीचको सम्बन्ध बदलिँदै

द हिल पत्रिकाले लेखेअनुसार, यो डिनर राष्ट्रपति ट्रम्प र सिलिकन भ्यालीका अर्थात् ठूला टेक उद्योगपतिहरूसँगको बदलिँदो सम्बन्धलाई पनि देखाउँछ। पहिले ट्रम्प र ठूला टेक कम्पनीबीच कन्टेन्ट नियमन (कन्टेन्ट मोडरेशन) र एन्टिट्रस्ट जाँचजस्ता विषयमा बारम्बार टकराव हुने गर्थ्यो।

ट्रम्पको आरोप थियो कि टेक कम्पनीहरूले रूढीवादी (कन्जर्भेटिभ) विचारधारालाई दबाउँछन्, उनीहरूले गरेका पोस्ट हटाउँछन् वा सीमित गर्छन्। ट्रम्पको अघिल्लो कार्यकालमा पनि एन्टिट्रस्टको मुद्दा निकै चर्किएको थियो। त्यसबेला ट्रम्प प्रशासनले ठूला टेक कम्पनीहरूलाई आफ्नो शक्ति दुरुपयोग गरेर साना प्रतिस्पर्धीलाई थिचेको आरोप लगाएको थियो।

तर, ट्रम्प पुनः विजयी भएपछि माहोल बदलिएको छ। अहिले टेक कम्पनीका ठूला अधिकारीहरू ट्रम्प प्रशासनसँग नजिकिन खोजिरहेका छन्। उनीहरूले व्हाइट हाउसको नीतिलाई आफ्ना कर्पोरेट नीतिसँग जोड्न थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?