
देश सञ्चार
भदौ २०, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज कुमारीहरूको सामूहिक पूजा गरिएको छ।
इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो।
इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ। कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास गर्ने गरिन्छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

