
काठमाडौँ- कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘कर्तव्य’मा आधारित नाटकको प्रदर्शन नियमित हुने भएको छ।
यो नाटक काठमाडौँको रातोपुलस्थित मोनस्टर फिल्म एण्ड ओजस थिएटर (शैली थिएटर) मा भदौ २१ गतेदेखि भदौ ३१ गतेसम्म हरेक साँझ ५:३० बजे मञ्चन हुनेछ।
नाटकका निर्देशक पुष्पराज अवस्थीले यसलाई मौलिकता दिँदै कथाको परिवेशलाई सुदूरपश्चिमको डोटीमा सारेका छन्। नाटकमा सुदूरपश्चिमको जीवनशैली, संस्कृति, रीतिका साथै त्यहाँको भाषा र गीत-संगीतको पनि प्रयोग गरिएको छ।
यो नाटकको मुख्य पात्रहरू दाजुभाइ हुन्। आफ्नो व्यक्तिगत सुख त्यागेर परिवार र समाजप्रतिको जिम्मेवारी कसरी पूरा गर्छन् भन्ने कथा यसमा समेटिएको छ।
यो नाटक विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई लक्षित गरी तयार पारिएको हो। यस नाटकलाई पुरु लम्सालले नाट्य रूपान्तरण गरेका हुन्।
नाटकमा कलाकारहरू रुविन सुनार, प्रदीप विश्वकर्मा, अन्जना दुलाल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
दर्शकहरूको मागलाई ध्यानमा राखेर नियमित शोहरू थप गरिएको हो। निर्देशक अवस्थीका अनुसार, दाजुभाइ वा दिदीबहिनी मिलेर नाटक हेर्न आएमा एक टिकटमा दुई जनाले हेर्न पाउनेछन्।