नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेल आज

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेल आज
+
-

काठमाडौँ- नेपाल र बंगलादेशबीच आज दशरथ रङ्गशालामा पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ। दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं आइपुगेको बंगलादेश सँगको पहिलो खेल साँझ ५:३० बजेदेखि सुरु हुने छ।

फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि यो खेललाई महत्वपूर्ण मानिरहेका छन्। नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल्न लागेको हो। कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल जित्नका लागि प्रतिस्पर्धा गर्ने बताए।

मुख्य प्रशिक्षक म्याट रसले जित निकाल्ने गरी खेल्ने बताए। उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने विश्वास ब्यक्त गरे। त्यस्तै बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले‌‌ नेपाल आउनुअघि राम्रो तयारी भएको बताउँदै यहाँ आएर खेल्न उत्साहित रहेको बताए।

कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने र बंगलादेशले राम्रो तयारी गरेको बताए। दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुने छ।

दुवै खेलपछि विजेताले ट्रफी प्रदान गरिने छ। हेड टु हेडमा बंगलादेश अगाडी बंगलादेश र नेपाल बिच अहिले सम्म कुल २४ खेल भएका छन्। जसमा बंगलादेश नेपालमाथि हावि हुँदै आएको छ। पहिलो पटक १९८३ मा मर्डेका कपमा भिडेका यी दुइ टोली बिच त्यसयता धेरै पटक प्रतिस्पर्धा भएको छ।

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै प्रतिस्पर्धा बंगलादेश सँगै गरेको छ। बंगलादेशले नेपालसँग भएका २४ मध्ये १३ खेलमा जित निकाल्दा नेपालले ८ खेलमा जित हासिल गरेको छ। ३ खेल भने बराबरीमा सकिएको छ।

पछिल्लो समय अर्थात २०२० यता भने नेपालले बंगलादेशलाइ हराउन सकेको छैन्। पछिल्लो पटक यि दुइ टिम बिच २०२२ को सेप्टेम्बर मा भएको मैत्रिपूर्ण खेलमा नेपाल ३-१ ले पराजित भएको थियो। ५० औं खेलमा कप्तानी गर्दै किरण कप्तान तथा गोलरक्षक किरण लिम्बूले नेपालका लागि ५० औं खेलमा आज कप्तानी गर्दै छन्।

सन् २००८ को मे २४ मा एएफसी च्यालेन्ज कप छनोटमा नेपालले भियतनामको न्होम्पेनमा मकाउको सामना गर्दा किरणले राष्ट्रिय टिममा डेब्यु गरेका थिए। पहिलो खेलमा चोट बोकेपनि उनी २०११ पछि भने नियमित टिमको सदस्य रहँदा सय खेल खेल्ने पहिलो खेलाडी समेत बनिसकेका छन्।

साथै किरण सबैभन्दा बढी खेलमा कप्तानी गर्ने खेलाडी समेत बनेका छन्। आज उनले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि ५० औं अन्तर्राष्ट्रिय खेलमा आर्म–ब्यान्ड लगाएर मैदानमा उत्रँदै छन्। उनले कप्तानका रुपमा सन् २०१८ को साफ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका थिए।

तर उनले सन् २०१९ पछि भने नियमित रुपमा कप्तानी समाल्दै आएका छन्। सन्न्यास लिंदै भरत खवास नेपाली राष्ट्रिय टिमका स्टार खेलाडी भरत खवासले आफ्नो खेल जीवनबाट सन्न्यास घोषणा गर्दै छन्। सन् २००८, पोखरामा पाकिस्तानविरूद्धको दुई मैत्रीपूर्ण खेलका दौरान भएको दोस्रो खेलमा उनले डेब्यु गरेका थिए।

त्यसयता लगातार राष्ट्रिय टिममा खेल्दै आएका उनले विभिन्न समयमा ४ पटक राष्ट्रिय टिमको कप्तानी समेत गरेका छन्। उनले दशरथ रङ्गशालमा हुने खेलबाट विदा लिने जानकारी एन्फालाइ गराएकाले भरतका लागि घरेलु मैदानको अन्तिम अन्तर्राष्ट्रिय खेलसँगै अन्तर्राष्ट्रिय करिअरको अन्त्य गर्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?