निजामती सेवा दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा प्रजिअ-११ विजयी 

निजामती सेवा दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा प्रजिअ-११ विजयी 
+
-

झापा — निजामती सेवा दिवस २०८२ को अवसरमा झापाको भद्रपुरस्थित मेची रंगशालामा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा जिल्ला प्रशासन कार्यालय झापा अन्तर्गतको टिम प्रजिअ एघारले ट्रेड युनियन एघार लाई ४–३ गोल अन्तरले पराजित गरेको छ।

शुक्रबार सम्पन्न उक्त खेलमा प्रजिअ एघार टिममा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला सहित विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरू सहभागी थिए। ट्रेड युनियन एघार टिममा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन झापाका अध्यक्ष रामचन्द्र बस्नेत सहित नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन तथा एकीकृत कर्मचारी संगठनका पदाधिकारी तथा सदस्यहरू सहभागी थिए।

कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले गरेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बु, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपरीक्षक उमेश पाण्डे, भद्रपुर र मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, मालपोत, नापी, कारागार कार्यालयका प्रमुखहरू तथा फुटबल संघ झापाका अध्यक्ष दिपेस ढकालको उपस्थिति रहेको थियो।

त्यस्तै, ट्रेड युनियनका तर्फबाट नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष हिरण्य न्यौपाने, निजामती कर्मचारी युनियन झापाका अध्यक्ष लक्ष्मी दाहाल, राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष रामचन्द्र बस्नेत तथा एकीकृत कर्मचारी संगठनका उपाध्यक्ष वेणु सुवेदीसमेत सहभागी थिए।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा ट्रेड युनियन एघारका खेलाडी यदुनन्दन दाहालका अनुसार, २०१३ सालको भाद्र २२ गते पहिलो निजामती सेवा ऐन लागू भएको स्मरणमा प्रत्येक वर्ष मनाइने निजामती सेवा दिवस को अवसरमा यस वर्ष पनि विविध कार्यक्रमहरूमध्ये मैत्रीपूर्ण फुटबल खेल विशेष आकर्षण बनेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?