
अ
+
अ
अ
-
विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल मन्त्रीपरिषद् हेरफेर नहुने बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मन्त्रीपरिषद् हेरफेरको विषय उठिरहेको समयमा मन्त्रीहरू हेरफेर नहुने बताएका हुन्।
उनले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने पनि बताएका छन्। साथै देउवाले कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए।