परम्परागत बाली फापर उत्पादनमा कृषकको आकर्षण बढ्दै

परम्परागत बाली फापर उत्पादनमा कृषकको आकर्षण बढ्दै
+
-

मुगु – मुगु जिल्लाका विभिन्न गाउँमा परम्परागत बालीका रूपमा चिनिएको फापरप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। आधुनिक तरकारी र नगदे बालीतर्फ आकर्षण बढेसँगै केही समय ओझेलमा परेको फापर अहिले फेरि गाउँघरका बारी र खेतबारीमा हरियो देखिन थालेको छ।

विशेषगरी मुर्मा, पिना, रारा र आसपासका उच्च भेगका बस्तीहरूमा किसानहरूले परम्परागत रूपमा जगेडा राख्दै आएको फापर अहिले पुनः आर्जनको माध्यम बन्न थालेको छ। स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई बजारमा पनि राम्रो मूल्य पाइने भएकाले किसानले यसतर्फ ध्यान दिन थालेका छन्।

स्थानिय शिक्षक तथा कृषक नन्दसिंह रोकायाका अनुसार फापर बाली पहिले जस्तै गाउँघरमा लोकप्रिय बन्न थालेको छ। उहाँले भन्नुभयो, “हाम्रो पुरानो परम्परा नै फापर खेती हो। पहिलेका हजुरबुबा–बाजेका समयमा मुख्य अन्न नै यही हुन्थ्यो। अहिले बजारमा चामल र गहुँले ठाउँ लिएको भए पनि फापर खेती फाइदाजनक भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ।”

त्यसैगरी वडा नं ९ मुर्मा गाउँकै अर्का कृषक झुपुकला रोकायाले पनि फापर खेतीले आम्दानी दिने सम्भावना बढेको बताए। उहाँका अनुसार, “पहिले फापरलाई गरिबको अन्न भनेर हेपिन्थ्यो। तर अहिले यसको पिठो र परिकार बजारमा महँगोमा बिक्री हुने गरेका छन्। हामी किसानलाई यसले आत्मनिर्भर मात्र होइन, आयस्रोत बढाउने माध्यम पनि बनेको छ।”

यसबाहेक मुगु–रारा पर्यटकीय क्षेत्रमा आउने घरेलु तथा विदेशी पर्यटकले पनि स्थानीय उत्पादनको खोजी गर्ने भएकाले फापरको माग दिनानुदिन बढिरहेको छ। होटल व्यवसायीहरूका अनुसार, पर्यटकले विशेषगरी फापरका ढिडो, रोटी, लडड, तथा विविध परिकारको माग गर्ने गरेका छन्। यसले किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ।

फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, आइरनलगायतका पौष्टिक तत्त्व हुने भएकाले यसको माग बढेको छ। उच्च रक्तचाप, मधुमेह, मुटु रोगीका लागि फापर उपयुक्त मानिने भएकाले स्थानीय उत्पादनले बाहिरी बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना भएको किसानहरूको भनाइ छ।

जिल्लाको चिस्यानयुक्त भेगमा सहजै फल्ने यो बालीमा उत्पादन खर्च पनि कम हुने भएकाले किसानले जोखिम बिना नै राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषकहरूको अनुभव छ। स्थानीय सरकार र कृषि कार्यालयले समेत यसलाई परम्परागत बाली संरक्षणसँगै आयआर्जनको विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएका छन्। फापर खेती विशेष गरी मुगुका अलि उच्च हिमाली बस्तीहरूमा यसकाे खेती गरिदै आएकाे छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?