
काठमाडौँ- “व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ आज देशभर २२औं निजामती सेवा दिवस मनाइँदैछ।
मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरूले विभिन्न कार्यक्रममार्फत आफ्नो योगदानको स्मरण र सम्मान गरिरहेका छन्।
दिवसको अवसरमा आज बिहान सिंहदरबारस्थित पुरानो संसद भवनअगाडिबाट प्रभातफेरी कार्यक्रम सुरु भयो।
प्रभातफेरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगेर मूल समारोहमा परिणत भएको थियो।
तस्बिरहरूः