युक्रेनको मन्त्रीपरिषद्‍को भवनसहित मुख्य सरकारी भवनमा रुसको आक्रमण

युक्रेनको मन्त्रीपरिषद्‍को भवनसहित मुख्य सरकारी भवनमा रुसको आक्रमण
+
-
देशसञ्चार AI सारांश
  • रसियाले युक्रेनको मन्त्रिपरिषद भवनसहित मुख्य सरकारी भवनमा दुर्लभ आक्रमण गरी धेरै जनालाई घाइते बनाएको छ।
  • वायु सेनाका अनुसार, ९ मिसाइल र ५६ ड्रोनका आक्रमणले ३७ स्थानमा ठक्कर दिएको पुष्टि भएको छ।
  • प्रधानमन्त्री स्विरीडेन्कोले आक्रमणले किभको केन्द्रमा आतंकको वायू सिर्जना गरेको बताउँदै उसले रणनीति परिवर्तन गरेको जनाइन्।

रसियाले युक्रेनको मन्त्रिपरिषद भवनसहित मुख्य सरकारी भवनहरुमा रसियाले हमला गरेको छ। साथै कतिपय आवशीय भवनमा समेत ड्रोन र मसियालहरु खस्दा १७ भन्दा बढी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको जनाइएको छ।

युक्रेनकी प्रधानमन्त्री युलिया स्विरीडेन्कोले आज बिहान किभस्थित मन्त्रिपरिषद् भवन रुसको आक्रमणमा क्षतिग्रस्त भएको पुष्टि गरेकी छिन्। रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलो पटक सो भवनमा आक्रमण भएको हो। वायु सेनाका अनुसार, पछिल्लो आक्रमणमा रुसले रेकर्ड संख्यामा मिसाइल र ड्रोन प्रक्षेपण गरेको थियो।

यो आक्रमणमा ठुलो मात्रामा मिसायल र ड्रोनहरुको प्रहार भएङ्का थिए। जसमा वायु सेनाले दिएको विवरणअनुसार, ९ वटा मिसाइल र ५६ वटा ड्रोन ३७ ठाउँमा लागेका थिए, र खसेका टुक्रा ८ ठाउँमा परेको जनाइएको छ।

प्रधानमन्त्रीका अनुसार मन्त्रिपरिषद् भवनको छाना र माथिल्ला तला क्षतिग्रस्त भएको जानकारी दिएकी छिन्। उनले शत्रुले दैनिक रूपमा हाम्रो जनतालाई आतंकित बनाइरहेको बताइन्। साधारणतया, किभको केन्द्रमै मिसाइल वा ड्रोन प्रहार हुनु निकै दुर्लभ मानिएको छ किनकी त्यहाँ वायु-प्रतिरक्षा प्रणालीको बलियो उपस्थिति देखाइएको छ। तर यसपालि, ती रक्षा प्रणालीहरू निस्प्रभावि बनाउँदै रसियाले हमला गरेको छ।

राजधानीलाई लक्ष्य बनाउँदा धुवाँ र विस्फोट देखिएको थियो। शहरका अन्य भागमा पनि आक्रमण भएको छ, जहाँ धेरैतले आवासीय भवनहरूमा ठोक्किएर केही अंश भत्किएका छन्। यी आक्रमणहरू त्यतिबेला भएका हुन् जब राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशलाई चेतावनी दिँदै युद्धविराम भएपछि समेत युक्रेनमा शान्ति सेनाका नामाम कुनैपनि पश्चिमा सेनाको सुरक्षा स्विकार नगर्ने र नपठाउन चेतावनी दिएको केही समयमै भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?