बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्र सम्मानित

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्र सम्मानित
+
-
देशसञ्चार AI सारांश
  • नेपाल सरकारको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सागर मिश्रलाई १ लाख नगद पुरस्कारबाट सम्मानित गर्यो।
  • कार्यक्रममा मुख्य सचिव एकनारायण अर्याल र उप प्रधानमन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेका थिए।
  • मिश्रले सरकारी सेवामा २०५९ सालदेखि सेवा गरी विभिन्न जिल्लामा अनुभव बटुलेका छन्।

झापा- बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उप सचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित भएका छन्।

काठमाडौंमा भदौं २२ गते नेपाल सरकार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा देशैभरिमा उत्कृष्ट कर्मचारीको रुपमा १ लाख नगद पुरस्कारद्धारा उनलाई सम्मान गरिएको हो ।

सरकारले प्रत्येक वर्ष निजामती क्षेत्रका बिभिन्न उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । त्यस अन्तर्गत यसपटक १० जनालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत गरिएको जनाइएको छ । त्यसैगरी ५० हजार राशिको निजामती पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत भएका छन् ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल सरकारका उप प्रधानमन्त्री प्रकाशमान सिंह रहेका थिए। सो कार्यक्रमको बिशेष अतिथिको रुपमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने रहेकी थिइन् ।

उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत स्थानीय तहका बारेमा बिशेष अनुभवी तथा इमानदार कर्मचारीको रुपमा चिनिन्छन् ।

२०५९ सालदेखि सरकारी सेवा प्रवेश गरी बिभिन्न जिल्ला र क्षेत्रमा कार्य अनुभव बटुलिसकेका मिश्रले प्रशासन कार्यालय झापा र कालिकोट, डोल्पा साथै भुटानी शरणार्थी शिविरमासमेत सरकारी सेवा गरेर अनुभव प्राप्त गरेका छन्।

उनले जापान, कोरिया, श्रीलंका, चीन, हंगकंग, फिलिपिन्स, इण्डोनेशिया, मलेशिया, सिंगापुर, थाइल्याण्ड, यूएई, भारतलगायतका देशको भ्रमण गरि अनुभव हासिल गरिसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?