कार्लोस अल्काराजले जिते युएस ओपन

कार्लोस अल्काराजले जिते युएस ओपन
+
-
देशसञ्चार AI सारांश
  • विश्व नम्बर–२ कार्लोस अल्काराजले फाइनलमा यानिक सिनरलाई पराजित गर्दै आफ्नो छैटौं ग्रान्डस्लाम उपाधि जितेका छन्।
  • फाइनलमा अल्काराजले पहिलो सेट ६–२ ले जिते, दोस्रो सेट ३–६ ले गुमाए, तर तेस्रो र चौथो सेट ६–१, ६–४ ले जिते।
  • सेमिफाइनलमा अल्काराजले २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचलाई पराजित गरे, जसले उनलाई फाइनलमा स्थान दिलायो।

विश्व नम्बर-२ कार्लोस अल्काराजले यूएस ओपन २०२५ को युएस ओपन टेनिसको उपाधि जितेका छन्। फाइनलमा उनले विश्व नम्बर-१ यानिक सिनरलाई पराजित गर्दै उपाधि जितेका हुन्। अल्कारेजको यो छैटौं ग्रान्डस्लाम उपाधि हो।

जितसँगै उनले सिनरबाट विश्व नम्बर–१ को ताज पनि खोसेका छन्। अल्काराजले दोस्रो पटक यूएस ओपन जितेका हुन्। यसअघि उनले २०२२ मा उपाधि जितेका थिए।

न्यूयोर्कमा भएको फाइनलमा स्पेनी खेलाडी अल्काराजले उत्कृष्ट सुरुवात गर्दै पहिलो सेट ६-२ ले जिते। दोस्रो सेटमा सिनरले शानदार पुनरागमन गर्दै ६-३ ले खेल आफ्नो पक्षमा पारे। तर तेस्रो सेटमा अल्काराजले दबदबा जमाउँदै मात्र एक खेल मात्र गुमाउँदै ६-१ ले जिते। चौथो सेट निकै प्रतिस्पर्धात्मक रह्यो। तर अल्काराजले ६–४ ले जित्दै उपाधि आफ्नो पार्न सफल भए।

यूएस ओपनअघि पनि दुबै खेलाडी सिनसिनाटी मास्टर्सको फाइनलमा भिडेका थिए। त्यतिबेला चोटका कारण सिनरले बीचमै खेल छोड्नुपरेको थियो र अल्काराज विजेता बनेका थिए।

यो वर्षको यो तेस्रो ग्रान्डस्लाम फाइनल हो जसमा अल्काराज र सिनर आमनेसामने भए। जुनमा भएको फ्रेन्च ओपन फाइनलमा अल्काराज विजेता बनेका थिए भने जुलाईमा भएको विम्बल्डन फाइनलमा सिनरले अल्काराजलाई हराएका थिए।

सेमिफाइनलमा अल्काराजले २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचलाई ६–४, ७–६(४), ६-२ ले हराए। त्यस्तै, सिनरले क्यानडाका फेलिक्स अजर–अलियासिमलाई ६–१, ३–६, ६–३, ६–४ ले हराउँदै फाइनलमा प्रवेश गरेका थिए।

सिनर लगातार पाँचौं पटक ग्रान्ड्स्लामको फाइनलमा पुगेका थिए। उनले २०२४ को यूएस ओपनको फाइनल खेलेयता लगातार फाइनलमा स्थान बनाउँदै आएका छन्।

उनी एक वर्षमै सबै चारवटा ग्रान्डस्लामको फाइनल खेल्ने चौथो खेलाडी बनेका छन्। यसअघि यो उपलब्धि रड लेभर (१९६९), रोजर फेडेरर (२००६, २००७, २००८) र नोभाक जोकोभिच (२०१५, २०२१, २०२३) ले हासिल गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?