
चन्दन बस्नेत
भदौ २३, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जेन-जी निषेधित क्षेत्र तोड्दै संसद् भवनअगाडि पुगेर प्रदर्शनमा उत्रिएका छन्। उनीहरू त्यहाँबाट पर्खाल चढ्दै संसद भवनभित्र पस्ने प्रयास गरिरहेका छन्।
उनीहरूलाई पानीको फोहोरा हानेर रोक्ने सुरक्षाकर्मीको प्रयास असफल भएको छ।
नयाँ बानेश्वरको सुरक्षाकर्मीको ब्यारिकेड तोडेर प्रदर्शनकारी संसद् भवनको मूल गेटमा पुगेका हुन्।

