बुटवल– रुपन्देहीमा प्रदर्शनमा रहेका जेन-जी युवाहरू पार्टी कार्यालय र नेताहरूको घरहरुमा तोडफोडमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् भने विभिन्न नेताहरूको घरमा तोडफोडमासमेत उत्रिएका छन्।
प्रदर्शनकारीले नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घर तिलोत्तमामा आक्रमणको प्रयास गरेका छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डे तिलोत्तमा–८ मा रहेको घरमा प्रदर्शनकारी समूहले आक्रमणको प्रयास गरेको पुष्टी गरे।
अहिले प्रहरी टोली घरको सुरक्षाका लागि पुगेको छ।


भर्खरै
लोकप्रिय






































































































































































































