
उमाकान्त खनाल
भदौ २३, २०८२

अ
+
अ
अ
-
झापा – झापाको बिर्तामोड नगरपालिकामा पनि जेनजी प्रदर्शकारीमाथि प्रहरीले गोली चलाएको छ। केही व्यक्ति घाइते भएका छन्।
आन्दोलनकारीले बिर्तामोड नगरपालिका कार्यालयमा आगजनी गरेका छन् प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको छ।
बिर्तामोड क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीको तैनाथी बढाइएको छ।

