
अ
+
अ
अ
-
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ २२ गतेदेखि सञ्चालित स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये देशभरका सबै केन्द्रका परीक्षा हाललाई स्थगन गरेको छ।
देशमा आकस्मिक रुपमा सृजित असहज परिस्थितिको कारण देखाउँदै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा स्थगन गरेको हो।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको आकस्मिक बैठकले यही भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो १२ बजेदेखि ३ बजेसम्म) स्थगित परीक्षाहरू क्रमशः असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन गरिनेसमेत जनाएको छ।