
देश सञ्चार
भदौ २३, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नेपाल र बंगलादेशबीच भोलि हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ।
देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
खेल दशरथ रंगशालामा भोलि साँझ ५ः३० बजे हुने तालिका थियो।
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

