
जनकपुरधाम- जनकपुरधाममा जेन–जी पुस्ताको आन्दोलन मंगलबार पनि जारी रहेको छ । सोमबार आन्दोलनको क्रममा राज्यको दमनपछि युवाहरुको मृत्यु भएपछि आन्दोलनलाई निरन्तरता दिइएको छ ।
जनकपुरधामको विभिन्न चोकमा जेन–जी पुस्ता र उनीहरुका समर्थनमा अन्य पुस्ताहरुले समेत प्रदर्शन गरिरहेका छन् । युवाहरुको एक समूहले जनकपुरधामको पसलहरुलाई बन्द गराएका छन् भने टायर बालेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गरिरहेका छन् ।
जनकपुरधामको रामानन्द चौक, जनकचौक लगायतको स्थानमा बिहानै देखि प्रदर्शन गरिरहेका छन् । अहिले जनकपुरधाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सोमबार जनकपुरधाममा शान्तिपूर्ण रुपमा आन्दोलन भएको थियो । जेन–जी पुस्ताले विभिन्न समूहमा जनकपुरधामको विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । जनकपुरधामको सामुदायिक एवं निजी विद्यालयहरु आज बन्द रहेका छन् ।