
पोखरा- पोखरामा जेनजी आन्दोलनका क्रममा आगो लगाइको दुई भवनबाट दुई महिलाको शव फेला परेको छ ।
पोखरा नयाँबजारमा नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको हो । थापा गण्डकीका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाका भाइ हुन् ।
यस्तै, विन्दुकुमार थापाकै लगानीमा रहेको लेकसाइडस्थित अंशुभारा भवनमा पनि एक महिलाको शव फेला परेको छ ।
जेनजी प्रदर्शनकारीले विन्दुकुमारको घर, होटल र उनको लगानी रहेका अधिकांश व्यवसायिक प्रतिष्ठानमा आगो लगाइदिएका छन् ।