दुर्घटनामा एक पुरुषको मृत्यु, छुट्टै घटनामा एक जनाको हत्या

दुर्घटनामा एक पुरुषको मृत्यु, छुट्टै घटनामा एक जनाको हत्या
+
-
देशसञ्चार AI सारांश
  • झापामा मोटरसाइकल दुर्घटनामा परी ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको छ, मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो।
  • झापामा ५० वर्षीय नारायण ज्ञावालीले फौमोदिन मोहमदको हत्या गरे, प्रारम्भिक अनुसन्धानबाट कारण खुलेको छ।
  • हत्या गरेर ज्ञावालीले प्रहरी समक्ष आत्मसमर्पण गरे, प्रहरी टोलीले घटनासँग सम्बन्धित अनुसन्धान जारी राखेको छ।

सुरुङ्गा (झापा)- झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत बुधबार राति भएको सवारी दुर्घटनामा भद्रपुर नगरपालिका–६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा प्र.३.०२.००७ प ६०९० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । इलामबाट घर फर्कदै गरेका उनी सवार मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोहमदको हत्या

यसैबीच झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञावालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् ।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञावालीसँग मोहमदलाई भेटेपछि ज्ञावालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । मोहमदको हत्या गरेपछि ज्ञावालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजतालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?