
विश्व च्याम्पियन भारतले एसियाकप टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।
युएईविरुद्धको पहिलो खेलमा भारतले ९ विकेटको प्रभावसाली जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको युएई १३.१ ओभरमा ५७ रन बनाएर आउट भएको थियो। उसका लागि दुई खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाए।
अलिसा सर्राफुले २२ र अर्का ओपनर तथा कप्तान महुम्मद वासिमले १९ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
भारतका लागि कुलदिप यादवले ४ तथा शिवम दुवेले ३ विकट लिंदा जसप्रित बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले समान १-१ विकेट लिएका थिए।
५८ रनको लक्ष्य पछ्याएको भारतले उक्त लक्ष्य केवल ४.३ ओभरमै १ विकेट गुमाएर पुरा गर्यो। भारतका लागि अविशेक शर्माले ३० रन र शुभमन गिलले २० रन बनाउँदा सुर्यकुमार यादव ७ रनमा अविजित रहे।
युएइका जुनिक सिद्दीकीले १ विकेट लिएका थिए। प्रतियोगिता अन्तर्गत आज बंगलादेश र हङकङ खेल्दै छन्।