
झापा- जिल्ला प्रशासन कार्यालय, झापाले आज बिहान ८ बजेदेखि जिल्लाभरि लागू गरेको कर्फ्यू आदेश बेलुका पाँच बजेसम्म कडाइका साथ लागू गर्ने जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनाअनुसार हिजो (भाद्र २५ गते) दिउँसो ३ बजेदेखि आज (भाद्र २६ गते) बिहान ६ बजेसम्म जारी गरिएको कर्फ्यू आदेशपछि बिहान ८ बजेसम्म अत्यावश्यक सामान खरिदका लागि केही खुकुलो पारिएको थियो ।
आज बिहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायको अनुमति लिएर मात्र बाहेक घर बाहिर निस्कन, हिँडडुल गर्न र भेला हुन नपाउने गरी कर्फ्यू आदेश पुन: लागू गरिएको हो।
प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ ।